कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।
तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ । कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ । अरु के-के बेफाइदा गर्छ त कागतीले ?

१. पेट खराब हुने : यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।
२. दाँत झन्झनाउने : माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
३. डिहाइड्रेसन : कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ । ४. माइग्रेन र टाउको दुख्ने : कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
५ मिर्गाैला र पित्ताशयको थैलीको समस्या : कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ । ६. छाला डढ्ने : हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।
यो पनि,भुटेको मकैले स्वास्थ्यलाई पुर्याउने ८ फाइदा बारे जान्नुहोस्, गाउँघरतिर सजिलो र सहज नास्ता हो, भुटेको मकै । अहिले शहरियाको जिब्रो पनि भुटेको मकैमा लोभिएको छ । फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न पनि भुटेको मकै नै हो । तर, गाउँघरको रैथाने मकै र फिल्म हलमा खाइने पपकर्न केहि भिन्न छन् ।
बाहिरको पपकर्न भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ । भुटेको मकै तुलनात्मक रुपमा सस्तो खाजा हो । पकाउन समय लाग्दैन । झन्झटिलो पनि हुँदैन । एकातिर मिठो, अर्कोतिर स्वस्थ्यकर । किन नखाने त भुटेको मकै ?
यति धेरै पोषकतत्व भुटेको मकैमा: भुटेको मकैमा धेरै मात्रामा फाइबर, पोलिफेनोलिक कम्पाउन्ड, एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली तत्वहरु पाइन्छन् । भुटेको मकैबाट स्वास्थ्यमा हुने फाइदाहरु हामी तल उल्लेख गर्दैछौं । कोलस्ट्रोल कम गर्ने: भुटेको मकैमा प्रशस्त फाइबर हुन्छ जसले अत्यधिक कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई फराकिलो बनाउँछ । यसबाट हार्ट अट्याकको सम्भावना कम हुन्छ ।
क्यान्सरबाट बचाउँछ: भुटेको मकैमा धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ । बुढ्यौली रोक्छ: भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।
मोटोपना घटाउँछ: भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो । यसभित्र रहने तेल पनि शरीरका लागि फाइदाजनक हुन्छ । हड्डी मजबुत बनाउँछ: भुटेको मकैमा म्यागनिज पर्याप्त मात्रामा पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । भविष्यमा ओस्टेपोरोसिस, एथ्रिटिस र ओयस्ट्रोआथ्रिसिसबाट पनि यसले बचाउँछ ।
आइरनको प्रचुरता: एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।
मधुमेहका रोगीलाई लाभकारी: भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।