एकेन्द्र महता, साउन १८ अछाम
साफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले तालिममा सिकेका सीपहरुलाई ब्यवहारमा ल्याउनु पर्ने बताउनु भएको छ । ब्युटीसियन तालिमका सहभागीहरुलाई प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै उहाले सीप सिकेका र ब्यवसाय गर्न चाहनेलाई नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

उहाले पान नम्बर सहित ब्यवसाय गर्न चाहनेलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने बताउनु भयो । ब्युटिसियन तालिम सहभागीलाई सिपप्रमाण पत्र बितरण गरिएको छ । साफेबगर नगरपालिका,कोइकाको आर्थिक सहयोगमा युनेस्को, युएन ओमन तथा युएन एफपिएको संयुक्त कार्यक्रम अंतरगत मनकामना ट्रेनिङ एन्ड स्किल डेभलपमेन्ट इन्स्िटच्युटको प्राबिधिक सहयोगमा तालिम संचालन भएको थियो ।
एस नेपालको ब्यवस्थापनमा ब्युटिसियन तालिमका सहभागीहरुलाई सीप प्रमाणपत्र बितरण गरिएको हो । प्रमाणपत्र बितरण कार्यक्रममा साफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापा, साफेबगर नगरपालिका वडा नं ४ का अध्यक्ष बालगिरी कुवर, युनेस्कोका अछाम जिल्ला संयोजक जनकराज भट्ट,
मनकामना ट्रेनिङका प्राविधिक संयोजक अरबिन्द भट्ट, रेडियो जनप्रियका समाचार संयोजक एकेन्द्र महता, प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालीम परिषद्का सीप परिक्षण ब्यवस्थापक चन्द्रिका रावल, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन ढकेन्द्र कुवरले गर्नु भएको थियो ।