साउन २२ अछाम
विश्व स्तनपान सप्ताहको अवसरमा साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकामा पनि मनाएको छ । स्वास्थ्य चौकी चण्डिकाको आयोजनामा सुनौला हजार दिनका आमा र महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई स्तनपान खुवाउँदाका फाईदा, स्तनपानको महत्व बारे छलफल गरिएको थियो ।

स्वास्थ्य चौकी ईञ्चार्ज विष्णु बमको अध्यक्षतामा भएको कार्यक्रममा सेवक नेपाल सुआहाराका फिल्ड सुपरवाईजर पवन गिरी, सुनौला हजार दिनका आमाहरु, महिला स्वास्थ्य स्वंयम सेविका लगायतको सहभागिता रहेको थियो ।
अनमी जानकी खडकाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन अहेव राजेश शर्माले गर्नु भएको थियो ।