राजेन्द्र कुवर अछाम
अनेरास्ववियु जिल्ला कमिटी अछामको चौथो जिल्ला अधिबेशनमा बैजनाथ माध्यमिक बिधालयबाट पहिलो पटक प्रतिनिधित्व गर्दै जिल्ला कमिटीमा निर्बाचित भए पछि ठुलो लडाइ जितेर घर फर्केको थिए । संगठन प्रतिको मेरो लगाब निरंन्तर प्रारम्भिक कमिटीमा रहेर काम गरेको कृयाशिलता देखेर कलिलो उम्मेरमा प्राप्त जिम्मेवारी पछि हौसाएको थिए पार्टीको कम्जोर इलाकाका रूपमा रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्दा कम कठिन र चुनौतीपूर्ण थिएन ।

अखिलको दोस्रो अधिबेशनबाट अध्यक्ष बन्नु भएका पार्टी अध्यक्ष रास्ट्रीय सभाका सदस्य माननीय शेरबहादुर कुवरको गृह इलाका भए पनि अखिलको इन्चार्जको अभावले बिद्यार्थी आन्दोलन माथी उठ्न सकेको थिएन । इलाका नम्बर १ को बैधनाथमा घर भए पनि जीवन बिक्रम शाही,गणेशनाथ योगि र शिबसुन्दर शाहिले त्रीपुरा सुन्दरी माध्यमिक बिधालयबाट प्रतिनिधित्व गरेर आउनु हुन्थ्यो र कार्य क्षेत्र नभए पनि अतुलनीय सहयोग गर्नु हुन्थ्यो ।
पछिल्लो समयमा अखिल आकर्षकको केन्द्र बन्दै गए पछि एक्लै दौडेर कुनै दौड जित्न नसकिने भए पछि इलाका नम्बर १ मा धेरै बिधार्थिलाइ संगठित गरे पनि नेताको रुपमा झंकर कुवर पछि अखिलको जिल्ला अध्यक्ष सम्म पुग्नु भो भने अर्का झंकर साउद निर्वाचन क्षेत्रीय कमिटी हुँदै जिल्ला अहिले पार्टीको विभिन्न कमिटीमा कृयाशिल हुनुहुन्छ ।
अछामको बिद्यार्थी आन्दोलनको मुल नेतृत्वमा जान बाट रोके पनि कोषअध्यक्ष हुँदै उपाध्यक्ष सम्मको जिम्मेवारी प्रदान गर्ने तत्कालीन अखिलका नेता कार्यकर्तालाई सम्झिरहेको छु धन्यवाद दिन्छु । बिधालय देखि जिल्लाको नेतृत्वमा ११ बर्ष सम्म बसि रहदा इलाका नम्बर २ र ३ मा अखिलको नेता नै थिएन भन्दा कसैको मन चस्स पनि हुन सक्छ तितो यथार्थ त्यही हो बाजुराबाट उध्द्बब खड्का अछाम आए पछि मेरो कार्यबोझ घटेर उहाले २ वटै इलाकाको नेतृत्व लिनु भयो ।

हामीले संगठित गरेका बाब्ला निवासी मोति बि क (महेन्द्र ) अखिलको सचिबालय सम्म पुगेर अहिले पनि बिद्यार्थी आन्दोलनमा योगदान दिदै क्षमता प्रदशन गरि रहनु भएको छ । अछाम अखिलको नेतृत्वमा रहदा संगठन कम्जोर भएको धेरै जसो ठाउँमा पार्टी नेता र अखिलले मलाई जिम्मेवारी दिएर पठाएको कुरा मेरो मानसपटलमा घुमी रहनछ ।
(अखिलको बिद्यार्थी राजनीति गर्दा केही सम्झना योग्य घट्ना )
चैत्रको महिना बिहानी सेवा २०५३ सालमा रामाशेस शर्मा प्रधानाध्यापक वा निमित्त थिए त्यो धेरै जानकारी भएन त्रीपुरा सुन्दरी बिधालय श्रीकोटमा शिबसुन्द्र शाही उध्दब खड्का म पुगेर समय माग्दै थियौ अखिल चोर श्रीकोट छोड भन्ने नारा लगाइ उद्ण्ड मच्चाउन सुरु भयो ज्यान जोगाउन हाम्रो अभिभावक मोहन सिह खडकाको चिया पसलमा लुक्नु परेको थियो ।
त्यसै बिधालयका पुर्ब बिद्यार्थी पुर्ण खड्काको ढिपिले बिधालय बिदा पछि कमिटी गठनको काम भएको थियोे ।त्यो भन्दा अगाडि अहिलेका पार्टी अध्यक्ष माननीय शेरबहादुर कुवर पार्टी केन्द्रिय सदस्य माननीय झपट रावल माथी हमला गरेर अखिल लखेट्ने डाडोको रूपमा श्रीकोटले पहिचान बनाइ सकेको रहेछ ।
• प्रभा धम्कोट माध्यमिक बिधालय प्रभामा कर्ण कुवरको सहयोगमा मैले उध्दब कमरेडले प्रशिक्षण दिदै गर्दा बोलिरहदा नजिकै बसेको बिद्यार्थीले मुखभरी माटो फाली दिए पछि कार्यक्रम बिथोलियो माटो फाल्ने बिद्यार्थी अहिले के गर्छन थाहा छैन धुर्ब सुनारलाइ अध्यक्षको जिम्मेवारी दिदै कमिटी गठन गरिएको थियो । कुलबहादुर कुवर प्रधानाध्यापक रहनु भएको बिधालयमा अनुमति पनि दिनु भएन नकार्न पनि सक्नु भएन ।
• भर्खरै बाजुराबाट अछाम आएका उध्दब कमरेड घुघुरकोटको भए पनि कमरेड गंग रावतको सहयोगले बेतलमाण्डौ माध्यमिक बिधालयमा हर्ष प्रशाद भट्ट प्रधानाध्यापक हुनुहुन्थ्यो उहाले साहित्य पारामै घोचपेच गर्नु भो बाताबरण राम्रो होला भनेको बुढाको ठट्यौली पारा देख्दा तर ठिक उल्टो भयो जे होस गंग रावतको भुमिकाले कमिटी गठन गरेर फर्किनु परेको थियो ।
• मेरो आफ्नै इलाकामा सिउडी माध्यमिक बिधालय सिउडिमा पार्टी नेता कर्णबहादुर शाहको सहयोगमा कमिटी गठन गर्न जादा मान बहादु र उज्जिर साउदले महत्त्वपूर्ण सहयोग गर्नु भयो भने अहिले मुम्बईमा हुनुहुन्छ रे हरिभक्त साउदले घगारुका लठिले लेखेटेको सम्झना गैरिलेकको भवनले दिन्छ अनि झ्यालबाट हाम फालेको
• विभिन्न समयमा बाब्लामा रहेको रास्ट्रीय माध्यमिक बिधालयमा अखिलको संगठन निर्माण गर्न मात्रै ९ पटक पुगेको छु कहिलै पनि प्रधानाध्यापक तिलक कुवर संग भेट भएन सिल्कामा रहेका धनबहादुर बटाला अध्यक्ष बिरबहादुर बटाला अहिलेका वडा अध्यक्ष सागर सिहं बाब्ली तत्कालीन समयमा हिन्दी बोल्नु हुन्थ्यो अनि उपाध्यक्ष रुपबहादुर कुवर र शिक्षक मीनबहादुर कुवरलाइ सलाम गर्छु बाब्ला झगडा हुन्छ भनेर कोहि जान मान्दैन थिए तर झगडाका बिचमा संगठन निर्माण गर्न म निरंन्तर जानू पर्थ्यो गै रहन्थे शिक्षक कम्मान सिंह कुवरले अखिललाई निशेध गर्न कुनै कसुर बाकी राख्नु हुदैन थिए ।
• नेपाली काग्रेश पार्टीको जल्दोबल्दो अवस्था मदनबहादुर कुवर प्रधानाध्यापक भएको जाल्पा माध्यमिक बिधालय ढाकुमा सजिलोसँग जाने कसैले हिम्मत नगरे पछि तत्कालीन अखिल सचीव अहिलेको पार्टी जिम्मेवारी मेरो जानकारीमा छैन माननीय यज्ञ बोगटीलाई कालो झणडा देखाएर लखेट्ने काम भो अहिलेका नेपाली काग्रेश अछामका नेता गणेश बिस्टको त्यो काममा महत्त्वपूर्ण भुमिका रहेको थियो ।
• अखिलको लामो समय सम्म जिल्लाको राजनितिक गर्दा तत्कालीन पार्टी सचीबले राम्रोसँग अभिभावकत्व प्रदान गर्नु भयो पार्टी नेताको सधै सकारात्मक सुझाब रहदै आयो त्यसै कारणले सडक संजाल नभएको अवस्थामा पनि सबै शैक्षिक संस्थामा पुग्ने काम सजिलै भएको थियोे ।
• नदिहरुमा धेरै पानी बगि सकेको छ सगै कमिटीमा काम गरेका सहयोध्दा संघीय संसद प्रदेश संसद प्रदेश मंन्त्री हुनु भएका छन कतिपय यो धर्तिबाट बिदा लिइ सक्नु भएका छन कोहि भारत लगाएत खाडिमुलुकमा सस्तोमा श्रम बेचिरहेका छन ।
• राजनीतिक फोहोरी खेल नभएर बर्गिय लडाइ हो यस्मा स्थाइ दुस्मन हुदैन । बर्गिय मात्रै स्थाइ हुन्छ नभए सबै अस्थायी हुन