शंकर थापा साउन २९ अछाम
परियोजना बहिर्गमन रणनिती योजना निर्माण तथा छलफल कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । DFID को आर्थिक सहयोग, केएर नेपाल सङ्गको साझेदारिमा वाक नेपाल द्वारा सन्चालन भैईरहेको निस्पक्ष तथा समतामुलक न्यायमा पहुँच अभिबृद्वि परियोजना अन्तर्गत गाउँपालिकामा कार्यक्रम गरिएको हो ।

बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बरर्तादेविका कार्यबाहक वडा अध्यक्ष खडक बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सवालहरु न्युनिकरणको लागि गाउँपालिकाको प्रस्तावित क्रियाकलाप र बजेट,रिफ्लेक्ट कक्षाको निरंतरता, सामुदायिक अङ्क पत्रको निरन्तरता,बिधालयको गुनासो सुनुवाई सयन्त्रको निरन्तरता र कार्यन्योयन र बिधालय सुरक्षा योजनाको कार्यन्योयन खेलकुद सामाग्री तथा सेनेटरी प्याड्को व्यावस्थापनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी हरुले सस्थाले गाउँपालिकामा गरेको कामको प्रसङ्सा गरेका थिय । साथै आगामी दिनहरुमा सस्थाले गरेको काम हरु लाई निर्न्तता दिनको लागि समन्धित निकाय सङ्ग पहल गर्ने बताएका छन । साथै परियोजनाले गाउँपालिकामा गरेक क्रियाकलाप र उपलब्धीका विषयमा पनि जनकारी गराईएको थियो ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख वसन्त बहादुर रावल, वाक नेपालका उपाध्यक्ष बल बहादुर केसि, लेखा तथा प्रशासन अधिकृत लोकेन्द्र बहादुर कुवर, लेखा तथा प्रशासन सहायक कृति कुमार खड्का, लगायत गाउँपालिकाका कर्मचारी,महिला, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण वाक नेपालका परियोजना अधिकृत टिकाराम साउदले गर्नु भएको थियो ।