लाल बहादुर चदारा अछाम
मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुस्कोटमा संञ्चालन गरीएको शनिबारे रुपान्तरण कक्षाको समापन गरीएको छ । बाल संञ्जालका अध्यक्ष बिमला साउदको अध्यक्षतामा भएको समापन कार्यक्रममा मेल्लेख गाउपालिका वडा नम्वर ४ का अध्यक्ष बिर बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले सनिबारे रुपान्तरण कक्षा बाट बिदयार्थि लाई धेरै फाइदा पुगेको र सनिवाररे कक्षा बाट समुदायको लागि पनि फाइदा पुग्ने भएकाले संस्थालाई फेरि कार्यक्रम थप गर्ने आग्रह गर्नुभएको थियो । वाक नेपालको पावरपरियोजनाले सञ्चालन गरेको सनिबारे रुपान्तरण कक्षा लाई निरन्तर्ता दिनको लागी पहल गर्ने बताउनुभएको छ ।
साथै उहाँले कक्षाले बालवालिकाहरुको व्यावाहारमा पनि परिर्बतन आएको भन्दै थप प्रभाबकारी बनाउन सबै संग सहकार्यत्र गर्न समेत तयार हुने कुरा उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बिशिस्ट अतिथि बासुकि माबिका प्रधानाध्यापक कालु सिहँ साउदले सनिवाररे कक्षा बाट बालबालिकामा धेरै परिबर्तन आयकोले बालबालिकाले बाल सहभागिता र अनुसासनको राम्रो सिकाइ भएको बतउनु भयो ।
कार्यक्रममा साथि शिक्षकको सहयोग बाट शानिबारे कक्षा गएको फागुन देखि ३० ओटा कक्षा संचालन भएको थियो । समापन कार्यक्रममा सहभागिको तर्फबाट गोपल नेपालि र बसन्ति साउदले रुपान्तरण कक्षा बाट जिबन उपयोगि सिप समन्धी सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा साथी शिक्षक मिलन साउदले आफुले सिकाएको कुरा कार्यन्वयन गर्न सै वालबालीकाहरु लाई आग्रह गर्नुभयो ।
वाक नेपाल पावर परियोजनाका कुल बहादुर रावतले रुपान्तरण कक्षा संचालन गरिनुको उदेश्यका बारेमा जानकारि गराउनु भएको थियो । कार्यक्रममा वडा सदस्य चन्द्र साउद, स्वास्थ चौकि कुस्कोटका ईन्चार्ज हर्क बिक, अस्था नेपालका प्रेम साउद, शनिवाररे कक्षामा सहभागी बिदयार्थि लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्ंचालन रेडीयो रामारोशनका लाल बहादुर चदाराले गर्नु भएको थयो ।