लाल बहादुर चदारा जेष्ठ २३ मेल्लेख
मेल्लेख गाउँपालिकामा कार्यरत साझेदारि निकायको बजेट तथा निति कार्यक्रम प्रस्तुत गरीएको छ । बजेट तथा निति कार्यक्रममा मेल्लेख गाउपालिकामा काम गरिरहेका संघ सस्थाले आगामि बर्ष ७६÷७७ मा गर्ने क्रियायाकलाप सहितको कार्ययोजना गाउँपालिकामा पेश गरेका छन ।

सस्थाले गरेको प्रगतिको समिक्षा पनि गरीएको छ । गाउँपालिका बाट गरिने काम र सस्था बाट गरिने क्रियाकलाप याकलाप मेल्लेख गाउँपालिकाको समन्वयमा आगामि रणनीतिक योजना बनाई अगाडि बढने मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहोराले बतानुभयो ।
गाउँपालिकामा काम बिभिन्न क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरु संग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले सबै संघ संस्थाहरु लाई पिछडीएको र पछाडी पारीएका बर्ग लाई केन्द्रीत गर्दै ईमान्दार भएर काम गर्न निर्देशन दिनुभएको छ ।
यस्तै संस्थाका प्रतिनिधीहरुले गाउँपालिकाका जनप्रतिनिधीहरु संग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन । मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक बहादुर बोहोरा प्रमुख अथिति रहनु भएको थियो ।
कार्यक्रममा मेल्लेखमा काम गर्ने सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन आस्था नेपाल शिक्षा परियोजनका भवान सिह सार्किले गर्नुभयको थियो ।