नेपाली कांग्रेस का युवा नेता एवं पुर्व स्वास्थ मन्त्री गगन कुमार थापा यहीँ जेठ २६ गते नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले अायोजना गरेको बिशाल अाम सभामा लाई सम्बोधन गर्न अाउनु हुने भएको छ ।
यसका लागि व्यापक तयारी भइरहेको नेविसंघ नेता पुष्प बिष्टले जानकारी दिनु भएको छ ।
रामारोशन गाउँ पालिकाको मुजाबगरमा हुने अामसभाका लागि नेता थापा अाजै सुर्खेत बाट अछाम अाइपुग्ने बताइएको छ अछाममा हुदा नेता थापाले समय मिले
जिल्लाको प्रचुर पर्यटकीय स्थल रामारोशनको भ्रमण गर्ने र जेठ २७ गते नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति ले अायोजना गरेको प्रथम क्षेत्रिय सम्मेलन को उद्घाटन पनि गर्ने कार्यक्रम रहेको कांग्रेस ले जनाएको छ