लाल बहादुर चदारा मेल्लेख
बालसंरक्षण सम्बन्धि आकश्मिक योजना निमार्ण लागि दुई दिने गोष्टि आज मेल्लेखमा सुर भयको छ । बाल संरक्षणको लागि बालबालिकाका समस्या लाई पहिचान गरि जोखिमामा रहेका बालबालिका र अहिलेको अबस्था बिश्लेषण गरि कार्ययोजना बनाई आगामि कार्यक्रममा समेटने उदेश्यका साथ गोष्टि सरु गरियको हो ।

बाल संरक्षणको लागि बिपत पुर्ब बिपतको बेलामा बिपत पश्चात् के कस्ता योजना बनाउने भन्ने बारेमा पनि छलफल भईरहेको छ । गोष्टि उदघाटन गर्दै मेल्लेख गापालिका अध्यक्ष लोक बहादुर बोहोराले बालबालिकाको आपत कालिन घटना घटन नदिन र त्सको ब्यबस्थापनको लागि गाउँपालिकाले चेतना मुखि कार्यक्रम अघि सारेको र मेल्लेखमा काम गर्ने सस्था सगको समन्वयमा बालकोष को ब्यबस्था गरिसकेको बताउनुभयो ।
यसको लागि स्वरोकार बालाको भुमिका तेतिनै आबश्यक रहेको पनि बताउनु भयो । गोष्टि वाक नेपाल वल्र्ड भजनको सहयोग ,मेल्लेख गापाको आयोजनामा भयको हो ।
गोष्टिमा मेल्लेख गापा उपाध्यक्ष धनबहादुर शाहि,वाक नेपाल पावर परियोजना सयोजक पदम भट्ट पार परियोजनाका मिल असिस्टेन हिमाल बुढा सामाजिक परिचालक कुल बहादुर रावत मेल्लेखका वडा अध्यक्ष हरु कार्यपालिका सदस्य तथा बाल संरक्षण समिति का पदअधिकारि हरुको उपस्थिति रहेको छ। गोष्टिको संचालन मेल्लेख स्वास्थ शाखा सयोजक हिकमत बुढाले गर्नु भयो गोष्टि को सहजिकरण बालसहजकर्ता जानकि किरण श्रेष्ठ र करुणा अमात्यले गरिरहनु भयको छ ।