फागुन, ११ अछाम
रामारोशन गाउँपालिका वडा नम्बर १ मलातिकोटमा ३ जना जेष्ठ नागरिक लाई सम्मान गरिएको छ ।
रामारोशन गाउँपालिकाको महिला तथा बालवालिका जेष्ठ नागरिक शाखाको सहयोगमा सम्मान गरिएको हो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत पहिलो चरणमा ३ जना जेष्ठ नागरिक लाई वडाले छनोट गरेको आधारमा सम्मान गरिएको बताईएको छ ।
वडा अध्यक्ष खडक बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान स्वरुप खादा ओडायएर र ब्लाङ्केट हस्तान्तरण गरुएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले वडामा बिपन्न पछाडि परेका छोरा बुहारीको समेत आर्थिक अवस्था कमजोर भएका नागरिक छनोट गरि न्यानो कपडा बितरण गरिएको उनले बताउनिभयो ।
जेष्ठ नागरिक समाजको ऐना भएकाले उनिहरुको सम्मान स्वरुप पहिलो चरणमा ३ जना लाई छनोट गरिएको र आउने दिनमा कार्यक्रम थप गर्नेका लागि आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य प्रेम बिक, नेकपा गाउँ सङ्गठन कमिटिका सचिवालय सदस्य नरराज खनाल, वडा सचीव दिल वीर पुन मगर, स्वास्थ चौकी मलातिकोटका अहेक पुर्ण प्रसाद न्यौपाने, अहेब केशर रावल लगायतको सहभागीता रहेको थियो ।
वडा सचिब तिल वीर पुन मगरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन महिला तथा वालबालिका शाखाका सहाहयक महिला बिकास निरीक्षक जोति बुढाले गर्नुभएको छ ।