कैलाली, १८ जेठ– कैलालीको भजनीमा एक बालिकाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको गुजरात जामनगरका शिव सोनीकी १० वर्षकी छोरी एकता रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार भजनी ३ कुसुमघाटको मोहना नदीमा नुहाउने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय भजनीले जनाएको छ ।

मृतक बालिकाको शव भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरेर शनिबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।