काठमाडौँ, साउन १३ । आज विश्व बाघ दिवस, नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ।
संघिय सरकारका प्रतिनिधी तीन वटा प्रदेश सरकारका प्रदेश सरकारका प्रतिनिधीहरु तथा स्थानिय प्रतिनिधीहरुको सहभागितामा बाँके राष्ट्रिय निकुन्जमा कार्यक्रम आज बिहानैदेखि भइरहेको राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु विभागका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए।

सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने घोषण ग¥यो। त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो।
नेपालले बाघको संख्या बढाउनमा सफलता पाउँदै गएको निकुन्जहरुको भनाई छ। नेपालले प्रतिवद्धता अनुसार बाघको संख्या सन २०२२ सम्ममा २ सय ५० पुर्यानुपर्नेछ । जुन संख्यामा पुग्न अब १५ वटा बढाउनेपुर्ने चुनौती छ। पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन्।
एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो वन्यजन्तु हो। पटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ। एसियाभर करिब चार हजार संख्यामा पाटेबाघ छ।
बाघ घना जंगलमा बस्ने रमाउँछ तर जंगल विनास हुदै जाँदा बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती बनेको संरक्षणविद्हरूको भनाइ छ। चोरीसिकारी, आहरा, वासस्थान र बाघका अंग तथा छालाको अवैध अन्तराष्ट्रिय व्यापारका कारण बाघलाई जोगाउन चुनौति रहेको छ।