साउन १५ अछाम
चौरपाटी गाउँपालिका वडा नं. ५ लुंग्रा स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न भएको छ । चौरपाटी गाउँपालिकाको आयोजनामा आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाको सामजिक परिक्षण गरिएको थियो ।

वडा अध्यक्ष तथा स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष टेक बहादुर खडकाको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा २०७५ साउन देखि २०७६ असार मसान्त सम्म स्वास्थ्य चौकिबाट प्रवाह गरिएका सेवाहरुको वारे छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष खडकाले स्वास्थ्यमा भईरहेका समस्यालाई सम्बन्धित निकायमा आवाज उठाउने र नभए आगामी बर्षमा वडा कार्यालय बाट भए पनि समाधान गर्ने बताउनु भयो । अध्यक्ष खडकाले स्वास्थ्य चौकीको भवनका लागि जग्गा अपुग भएका कारण सबै स्थानिय बासी सँग सहकार्य गरेर पूर्ति गर्ने पतिवद्वता जनाउनु भयो ।
स्वास्थ्य चौकि ईञ्चार्ज नृप कठायतले कार्यक्रममा आर्थिक बर्ष २०७४ ÷०७५ को असार मसान्त सम्म दोहोरिने गरि ५ हजार १ सय १६ जना र आर्थिक बर्ष २०७५÷०७६ मा दोहोरिने गरि ६ हजार ६ सय ५९ जना विरामीले सेवा लिएका तथ्यांक प्रस्तुत गर्नु भएको थियो । एक बर्षको अवधीमा वडाका २३ जना सुत्केरीले सेवा लिएको तथ्यांक सार्वजनिक गर्नु भएको थियोे ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वडा कमिटी अध्यक्ष दल बहादुर खडका, नेपाली काँग्रेसका पार्टी प्रतिनिधी महाविर कुँवर, दया पिपल तोला माविका निमित्त प्रधानाध्यापक राम बहादुर खडका, महिला स्वास्थ्य स्वंयम सेविका सन्तला हुड्के लगायतले मन्तब्य राख्नु भएको थियो ।
मन्तब्य राख्ने सबै बक्ताले स्वास्थ्य चौकिको विकासको लागि एकजुट भएर लाग्नु भएको थियो । यस्तै उहाँले स्वास्थ्य अवस्था र स्वास्थ्यको आगामि रणनितिका वारेमा छलफल गरेर अघाडि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा चौरपाटी गाउँकार्यपालिका सदस्य करी कोली, वडा सदस्य देउमल खडका,
धन बहादुर खाती, नरपता पाण्डे, समाजसेवि धर्मराज खडका, भगत सिहं खडका लगायत समाजसेवि बुद्विजिवि, स्वास्थ्यकर्मि, महिला स्वंयम सेविकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार कालू बोहरा गर्नु भएको थियो ।