रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

कम्युनिष्टहरुले आफ्नो आचरण सुधार्न नेता रावलको निर्देशन

कम्युनिष्टहरुले आफ्नो आचरण सुधार्न नेता रावलको निर्देशन
299
SHARES
185
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३१,अछाम
नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले  कम्युनिष्टहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने बताउनु भयो । शुक्रवार साँफेबगरमा आयोजित नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य रावलले कम्युनिष्ट हँु भन्नेले आचरण र व्यवहार परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो ।
नेता रावलले जनप्रतिनिधीले जनताको विश्वास जित्नु पर्नेमा जोड दिनु भयो ।उहाँले कतिपय जनप्रतिनिधीले लोभलाचमा र गलत आचरण भएको भन्दै कार्यकताबाट टाढिने सुन्न आएको हुदाँ जनप्रतिनिधीले जनताका आवश्यकता अनुसार विकास अघाढी वढउन निर्देशन दिनु भयो । उहाँले राष्ट्र, जनतालाई वलियो वनाउनका लाई विकासका गतिविधी अघाढी बढाएर पिछडिएका जाति समुदाय, महिला, दलितहरुको लागि बजेटमा विशेष जोड दिनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
नेता रावलले पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रको सुदुरपश्चिममा एकिकरणको काम अन्तिम चरणमा पुगेको बताउनु भयो । सुदुरपश्चिमका सबै जिल्लाको एकिकरणका साथै पदग्रहण भई सकेको र भोली अछाम जिल्ला एकिकरण गर्दै नौ जिल्लामा कमिटीले पूर्णता पाउने बताउनु भयो । उहाँले एकिकरणको प्रक्रियाले  गतिशिल बनाउने भन्दै गाउँ नगर कमिटीका साथै वडा कमिटीले पूर्णता पाउने बताउनु भयो । पार्टी ब्यापक रुपमा सक्रिया हुने बताउनु भयो ।
नेकपाका स्थायी कमिटी सदस्य लेकराज भट्टले पार्टीका विचमा भएको घोषणा लामो छलफल बहस विचार धारात्मक छलफलवाट निकर्षबाट पार्टी एकता भएको बताउनु भयो । उहाँले दुईटा पार्टी एकता भएर कम्यूनिष्ट आन्दोलनलाई अघाडी बढाएर देश विकासले अग्रसर हुने धारणा ब्यक्त गर्नु भयो ।उहाँले दुई ठुला पार्टी एकता भए सँगै विश्वका प्रतिक्रिया वादी आतंकित भएको आरोप लगाउनु भयो । स्थायी कमिटी सदस्य भट्टले प्रतिक्रिया वादीले पार्टीलाई कसरी विभाजन गरेर षडयन्त्र गरिरहेको भन्दै पार्टीले जिल्ला देखि तल्लो तहका कमिटी एकता हुदै गएको बताउनु भयो ।  उहाँले स्थानिय तह देखि केन्द्र सम्मका नेतृत्व कम्यूनिष्ट पार्टीले नेतृत्वले एक् अर्काको सम्मान गर्दै जनताको मनोवल अनुसार अघाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो ।

नेकपाका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाले नेपाली समाजका समस्याहरु दुखहरु एउटा वजेट बाट नभई निरन्तर रुपमा प्रत्येक वजेटले सम्बोधन गर्ने धारणा ब्यक्त गर्नु भयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि वर्तमान सरकार लागि रहेको भन्दै आम नेपाली जनताका ईच्छा आकाक्षा, नेपाली समाजका समस्यालाई सम्बोधन गर्ने बताउनु भयो ।

नेकपा साँफेबगर कार्यदल सदस्य शिलोज कुवँरको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रमा नेकपा सुदुरपश्चिम प्रदेश सह ईचार्ज लक्ष्मीदत्त जोशी  सुदुरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरी, सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कुल बहादुर कुँवर, मीना साउद, गोविन्द कुवर, मीन बहादुर कुवँर लगायत जिल्ला स्थिति नेता कार्यकर्ताको सहभागिता रहेको थियो । पशुपती कुवँरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन मनोज रावलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal