अछाम असाढ २
नेकपाका स्थाईकमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीमबहादुर रावलले देश र जनताको खुसीका लागि देशभक्ति भावनाका साथ अगाडीबढनुपर्ने बताँउनुभएको छ । नेकपा ढकारी गाउँपालिकाको विशाल आमसभा कार्यक्रमलाई सम्वोधन गर्दै नेता रावलले जनतालाई अत्याचार गर्ने, मनपरि गर्ने र जनतामाथि जे गरेपनि हुन्छ भन्ने सोच्नेका दिवासपना अब पुरा नहुने बताँउनुभयो । आवाज१

देशभक्तिको भावना नराख्ने समाज बर्बाद भए पनि होस भन्ने चाहना राख्नेजस्ता देशघाती कोही पनि नहुने रावलको तर्क छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले देश र जनताका लागि कम्यूनिष्ट सरकारले बिगत देखी नै जनमैत्री कार्यक्रम ल्याईरहेको स्मरण गर्नुभयो ।
बृद्धबृद्धाहरुलाई भत्ताको ब्यास्था देखी दलितका छोराछोरीलाई छात्रबृति कार्यक्रम, गाउँगाउँमा बजेट पठाँउने जस्ता कार्य कम्यूनिष्टले नै गरेको बताँउनुभयो । बिगतमा गाउँमा बजेट पठाउँनु हुदैन भन्ने नेपाली काँग्रेसले अहिले गाउँमा आएको बजेट आफै खाउँ भन्ने नीति लिएको आरोप समेत लगाउँनुभयो । आवाज २
नेता रावलले भर्खरै आएको बजेटमा जनताको समृद्धिका लागि थुप्रै कार्यक्रम अघि सारेको बताँउदै बृद्ध भत्ता एक हजारले बढाएको र काग्रेसको बिरोध गर्ने ठाउँ नै नरहेको बताँउनुभयो । यस्तै गाउँगाउँमा कार्यरत महिला स्वंसेवीकाहरुलाई सुविधा बढाएको र गाउँगाउँमा करोडौं बजेट परचालन भएको उल्लेख गर्नुभयो । आवाज ३
नेकपाका जिल्ला सदस्य नवराज साउदको अध्यक्षतामा भएको आमसभामा पार्टीका जिल्ला अध्यक्ष तथा राष्टियसभा सदस्य शेरबहादुर कुवर, प्रतिनिधिसभासदस्य यज्ञबाहादुर बोगटी, प्रदेशसभासदस्य बलबहादुर सोडारी, पूर्व संविधानसभा सदस्य भरत साउद, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी, केशरसाउद, जोरासिंह बिष्ट, जिल्ला सचिव झपट साउद, नेता बमबहादुर बिसि लगायतले बोल्नुभएको थियो ।