रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

नेपाली युवा पक्राउ गर्न तीन भारतीय सुरक्षाकर्मी अछाममा, भीम रावलले जनाए कडा आपत्ति

नेपाली युवा पक्राउ गर्न तीन भारतीय सुरक्षाकर्मी अछाममा, भीम रावलले जनाए कडा आपत्ति
425
SHARES
521
VIEWS
Share on FacebookShare on Twitter

 असार, अछाम । अछाम जिल्लाको बन्नीगढीजयगढी गाउँपालिकामा तीन जना भारतीय प्रहरीले वितण्डा मच्चाएका छन । जिल्लाको बान्नीगढीका एक जना युवाले त्यहाँबाट केटी भगाएर ल्याएपछि कोरवा जिल्ला छत्तीसगढ़बाट तिन जना प्रहरी बिना अनुमति अछाम पुगेका हुन । उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको छ । जसमा अछाम नेपाललाई आफ्नो प्रान्तका रूपमा उल्लेख गराएको छ ।

जयगढ़मा भारतीय प्रहरी आएर जथाभावी गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सुदुरपश्चिम इन्चार्ज भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

नेता रावलको आग्रह लगत्तै भारतीय प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याईएको छ । विना अनुमति नेपाली भूमिमा प्रवेश गरेका उनीहरूले एक नेपाली युवा पक्राउ गर्न खोजेका थिए । रावलको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय अछामले तीनै जना भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

घटनाको जानकारी पाए लगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजाराज श्रेष्ठसँग दैनिकीले चासो राख्दा उनले तीन जना भारतीय सुरक्षाकर्मी अछामको बन्नीगढीजयगढी गाउँपालिकामा पुगेको र उनीहरू भारतीय १५ वर्षकी केटी भगाएर ल्याउने नेपाली केटाको खोजीमा आएको जानकारी पाएको बताए । उनले नियन्त्रण लिएर नभइ समन्वयात्मक रूपमा भारतीय सुरक्षकर्मीसँग कुरा भैरहेको जानकारी दिएँ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भारतीय केटी भगाएको विषयमा उहीँको प्रहरीकोमा उजुरी परेको र केटाको ठेगाना अछामको बन्नीगढीजयगढी गाउँपालिकामा रहेकाले उनीहरू अछाम आएको बताए ।

नेपाल प्रहरीका निरीक्षक कलेन्द्र विक्रम शाहीका अनुसार अछामका केशव सोनीले कोरबाछत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरले काइली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको बताएका छन ।

उनले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाइ पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै सोही कुरा अवगत गराएका छन । त्यसरी आउने भारतीय प्रहरीमा सइ अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्षमी पटेल रहेका छन ।

प्रहरी प्रशासन, सबैखालका संरचना जिवितै रहेको अवस्थामा सबै संरचना वाइपास गरेर गाउँपलिकाको कार्यालयमा पुगेर जवर्जस्ती गर्ने भारतीयलाई कारबाही गर्ने विषयमा समेत त्यति चासो पुगेको नदेखिएको स्थानीयले बताएका छन । कोही व्यक्ति अपराध नै गरेर फरार भएको रहेछ भने पनि प्रहरीको इन्टरपोल संगठन मार्फत अपराधि पक्राउ गर्नुपर्नेमा भारतीय प्रहरी भने सीधै नेपाली भूमिमा पसेर नेपालका सुरक्षाकर्मीलाइ समेत निरीह बनाउने काम गरिरहेका छन । जुन राष्टको दीर्घकालीन अहितमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal