हरीशचन्द्र बिश्वकर्मा मंगलसेन अछाम
मंगलसेन नगरपालीकाको सहयोगमा लोक सेवा आयोगको तयारी कक्षाको आज उद्घाटन गरीएको छ । नगरपालीकाको आर्थीक सहयोगमा श्रृष्टी एजुकेशनल ईन्स्टीच्युटले तयारी कक्षाको उद्घाटन गरेको हो । कक्षाका व्यवस्थापक नारद टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतीथी मंगलसेन नगरपालीकाका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले नगरपालीकामै तयारी कक्षा संचालन गरीदा आर्थीक अवस्थाका कारण बाहीर गएर पढ्न नपाएका, जेहेन्दार तथा लक्षीत समुदायका विद्यार्थीहरुलाई सहज हुने बताउनुभयो ।
अन्य अतीथीहरुमा श्री शोडसादेवी माविका प्रधानाध्यापक देवेन्द्र दुब्बे, प्रशिक्षक लक्ष्मण प्रसाद रेग्मी, श्रृष्टी एजुकेशनल ईन्स्टीच्युटका संचालक धु्रव कुमार शाही, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कक्षामा प्रवेश परीक्षाबाट छनौट भएका ४५ जना विद्यार्थीहरुलाई अध्यापन गरीनेछ ।
कक्षामा लोक सेवा आयोगको प्रशासनतर्फ खरीदार र नायव सुब्बाका लागि ईच्छुक मंगलसेन नगरपालीकाका विद्यार्थीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कार्यक्रमको संचालन नगरपालीकाका सीद्धराज ढुंगानाले गर्नुभएको थियो ।