देबेन्द्र थापा दर्ना

बयोडाटा बनाउने समन्धीको एक दिने तालीम बान्नीगढी जयगढ ६ दर्नामा सम्पन्न भएको छ । दर्नाका स्थानिय युवाहरुको सहभागीतामा बायोडाटा कसरी बनाउने,त्यसको सही सदुपयोग गर्न सकीन्छ भन्ने बिषयमा आज तालीम दिईएको हो ।
पञ्चदेवल युवा क्लव दर्नाको आयोजनामा भएको तालीमको अध्यक्षता पञ्चदेवल युवा सुचना केन्द्रका व्यावस्थापक खेमराज ओझाले गर्नुभएको थियो । तालीममा बिशेष गरी बायोडाटाको महत्व र यसको फाईदा,सामाजिक कार्यमा संलग्न गराउने,कुनै संघ संस्थामा रोजगार खुलेको बारेमा केसरी थाहा पाउने र आवश्यक परेमा खण्डमा पनि आफै बायोडाटा बनाउन सकुन भन्ने उदेश्यले तालीमको आयोजना गरीएको हो ।
तालीममा सहभागी युवाहरुले यो तालीम आफुहरुले पहिलो पटक पाएको भन्दै खुसी व्यक्त गरेका छन । यस समन्धी कुनै पनि जानकारी नभएको बेला संस्थाले यसरी तालीमको आयोजना गर्दा राहात महसुस भएको बताएका छन । साथै यस्ता किसीमका तालीमहरु स्थानिय सरकारले पनि गर्नु पर्ने भन्दै वाक नेपाल लाई पनि आगामी दिनहरुमा आयोजना गर्नु पर्ने बताएका छन ।
। तालिममा वडा भित्रका ३५ जना किसोर,किसोरीहरुको सहभागीता रहेको थियो । तालीमको सहजीकरण वाक नेपाल बुलगारी युवा शसक्तिकरण परियोजनाका बिकास सुपरिवेक्षक महादेव ओझाले गगर्नुभएको थियो ।