जेठ, १२ अछाम
रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा ३१ जना लाई क्वारेन्टाइनमा राखिएको छ।
भारतका विभिन्न शहरमा अलपत्र परेका नेपालीहरु लाई उद्वार गरि उनिहरु लाई वडाले निर्माण गरेको विन्देश्वरी नमुना माविको क्वारेन्टाइनमा राखिएको हो ।
अहिले क्वारेन्टाइनमा बसेका नागरिकहरु लाई खान, बस्नको ब्यावस्था वडाले गरेको वडा अध्यक्ष खडक बहादुर भन्डारिले बताउनुभयो ।
भारत बाट आएका उनिहरु लाई २१ दिन क्वारेन्टाइनमा राखेर उनिहरुको स्वास्थ्य परिक्षण गरेमात्र घर पठाईने अध्यक्ष भन्डारिले बताउनुभयो ।
साथै क्वारेन्टाइनमा बस्ने नागरिकहरु लाई वडा अध्यक्ष भन्डारिले आफ्नो स्वास्थ सुरक्षा अपनाएर अनुशाशीत रुपमा बसिदिन आग्रह गर्नुभएको छ ।