राजेन्द्र कुवँर अछाम
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी अछामका सदस्यहरुको पद तथा गोपनियताको सपथ जेष्ठ ३२ गरे पछि राजनीतिक तरंग पैदा भएको छ ।

रास्ट्रीय राजनीतिका मुख्य ब्यक्तित्व भीम रावलको नेतृत्व र जिल्ला कमिटी अछामको आयोजनामा मंगलसैन र साफेबगर नगरपालीका बाहेक ८ वटै तहमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बिशाल आम सभा सफलता पुर्बक सप्पन्न भएका छन ।
पार्टी एकिकरणको सन्देश र रास्ट्रीय राजनीतिक बारेमा आम जनता पार्टी नेता कार्यकर्तालाई जानकारी गराउने मुख्य उदेश्यका साथ आम सभाको आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुवरले जानकारी गराउनु भयो ।
तुर्माखाद, ढकारी , रामारोशन , मेल्लेख ,चौरपाटी बान्निगढी जयगढ गाउँ पालिका र कमलबजार बिनायक पंच देवल नगर पालिकामा असार १ गते देखि ८ गते सम्म कार्यक्रम हुदा पार्टी नेता कार्यकर्ता जनताको उत्साह जनक सहभागिता रहेको छ।
आफ्नो गृह जिल्ला अछामको बसाइको क्रममा नेता रावलले बिकास साझेदार सामाजिक संघ संस्था स्थानीय तहले गरेका कामको अनुगमन गर्नुका साथै भौतिक पुर्बाधारका काम सम्पन्न भएका दर्जनौ योजनाको उदघाट्न गरेर कार्यक्रममा सहभागी भै सम्बोधन गर्नु भएको छ ।
अछाम जिल्लाका सबै स्थानीय तहमा पुगेर नेता रावलले पार्टी एकीकरण सरकारले गरेका सकारात्मक कामको चर्चा गरि रहदा करिब २ बर्ष देखि थला परेको पार्टी संगठन र कार्यकर्तामा रक्त संचार भएको छ भने आम जनतामा उत्साह बढेको छ ।
हप्ता दिन लामो अछाम बसाइको क्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) स्थाइ कमिटीका सदस्य भीम रावलले पिछडिएको क्षेत्र त्यस ठाउँमा बसोबास गर्ने जनताको लागि बर्तमान सरकारले बिशेश कार्यक्रम ल्याउनु पर्ने बताउदै नेता रावलले कर्णाली र सुदुरपश्चीम प्रदेशका लागि संघीय सरकारले क्षतिपुर्ती सहित बिकासको मुलप्रबाहामा ल्याउने बिशेश योजना बनाउनेतर्फ लाग्न आग्रह गर्नु भएको छ ।
देशभरी पार्टीका जिल्ला कमिटीका सदस्यको पद तथा गोपनियताको सपथ ग्रहण पछि खासै जन स्तर सम्म सन्देश पुग्ने काम नभएको समयमा अछामले नबिनतम कामको सुरुवात गरेको केन्द्रिय कमिटी सदस्य शरद सिंह भण्डारीले दाबी गर्नु भएको छ ।
अछाम जिल्लाका ८ वटा तहमा भएको जन सभामा पार्टी नेता कार्यकर्ताको उत्साह जनक सहभागिताले पार्टी एकीकरणको सकारात्मक सन्देश बस्ती बस्तीमा सम्प्रेशण भएको सचिब झपट साउदले जानकारी गराउनु भएको छ ।
असारको महिना किसानहरुमा काम ब्यस्त चापभएको समयमा सबै कार्यक्रम सफलता पुर्बक सप्पन्न गर्ने पार्टी नेता कार्यकर्ता र सहभागी जनतालाइ अध्यक्ष शेरबहादुर कुवरले धन्यवाद दिनुका साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नु भएको छ ।
सपथ ग्रहण लगतै नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अछाम ले आयोजना गरेको आम सभाको पार्टी भित्र र बाहिरबाट निकै चर्चाका साथ हेरिनुका साथै निकै सकारात्मक टिप्पणी आएका छन भने पार्टी भित्रैका अल्छी र बिरोधि राजनीतिक दलका नेता कार्यकर्ताहरुमा निरासा छायको विश्लेषण छ ।