काठमाडौं, ८ असोज : आइपीएल २०२० को छैठौँ खेलमा किंग्स इलावेन पञ्जाबविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का कप्तान विराट कोहली सस्तैमा आउट भएका छन् । आज उनी १ रन बनाएर क्याच आउट भए ।
विराटलाई २.४ ओभरमा सेल्डन कोट्रेलले क्याच आउटको सिकार बनाए ।
पहिलो खेलमा सनराइजर्स हैदरावादविरुद्ध पनि विराटको ब्याट चलेको थिएन । उनी सो खेलमा १४ रनमा आउट भएका थिए ।
यसअघि टस हाररेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो ।
एसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे । उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए ।
आरसीबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए ।
त्यस्तै, मयंक अग्रवालले २६, निकोलश पूरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए ।
ब्लिङमा आरसीबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए