कल्पना बोहरा अछाम
अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना भएको छ । दुर्घटना हुदा १९ जना घाईते भएका छन भने २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते हुनेमा बाँके कोहलपुरका १५ बर्षका प्रशान्त धिताल, बजुरा स्वामीकार्तिक गाउपालिका १ का बर्ष १८ को पदम कुमाल रहेको जिल्ला ट्राफिक कार्यलयका प्रहरी जवान नारायण दक्त बडुले जानकारी दिनुभएको छ । उनिहरुको टाउको र खुट्टमा चौट लागेको उहाँले जानकारी दिनुभएको छ ।
यस्तै सामान्य घाईते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ओम सिंह ठकुरी, गाडी सहचालक अशोक जोशी, हुम्लाका गजेन्द्र शही, बाजुरा स्वामी कार्तिक गापालिकाका योगेश कुमाल, बाजुरा छेडदह उपालिकाका विर बहादुर रावल, चौरपाटी गाउपालिकाका गंगा देवी बोगटी, विरेन्द्र बोगटी,
मुगुका धननास योगी, बाजुरा छेडदह गाँउपालिकाका बहादुर धामी, मुगु सोलुका पदम योगी, साँफेबगर नगरपालिका २ का भोजराज रेग्मी, मेल्लेख गाउपालिकाका जहरी साउद, कञ्चनपुर भिमदत्त नगरपालिकाकाका निराजन शाह, मेल्लेख गाँउपालिका कुस्कोटका खगेन्द्र साउद, मुगुका दिपेन्द्र योगी,
बजुरा बुढीगाँगा नगरपालिकाका गोपाल बहादुर रावल रहेका छन् । महेन्द्रनगर बाट बाजुराका लागी छुटेको पवन दुतको ना ७ ख २५६४ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको हो ।
घाईतेहरुको बयालपाटा अस्पताल उपचार भैरहेको छ । विपरित दिशाबाट आईरहेको अर्को गाडीलाई साईड दिने क्रममा सडक भासिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २२ जाना सवार रहेको र बस भिमलको बोटका अड्कीएकाले अरु क्षेति हुनबाट भने प्रहरीले जनाएको छ ।