राजेन्द्र कुवर

रास्ट्र रास्ट्रीयताका बारेमा स्पष्ट खुला बिचार राख्ने नेपाली राजनीतिका बहु चर्चित ब्याक्तित्व भीम रावललाई एक पछि अर्को सफलता प्राप्त हुँदै गरेको छ ।
नेपाल सरकार केही मदेश बादी दल र तिनीहरुका उस्काहटमा निकै बिबादास्पद रहेको नागरिकता बिध्यक प्रकरणमा अंगिकृत नागरिकता लिएकाहरु पनि नेपालका मुख्य पदमा जान कुनै रोकठोक नहुने आस्यको बिध्यक संसदमा प्रवेश गराउन खोजे पछि भीम रावलले देशभरका रास्ट्रबादी सोच बिचार चिन्तन गर्नेहरुको सुझावलाई केन्द्रभागमा राखेर सो बिध्यकका विपक्षका सतिसाल झै उभिनु भो
अनि सरकार मदेशबादी दल र केही भारतका मतियार पराजित भै रास्ट्र रास्ट्रीयताको जित भएको सन्देश प्रबाह हुन नपाउदै नेपाल र नेपाली जनताका विरुद्ध विभिन्न सडयन्त्र हुन थालेको प्रष्ट नै छ ।
त्यसै गरि बहु क्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडिको (बिमेस्टेक) को नेपालमा भएको शिखर सम्मेलनमा नेपाली सेना र भारतीय सेनालाइ सयुक्त सैन्य तालीम दिने भन्ने कुरा उल्लेख गरे पछि त्यस्तो गलत कुराको भीम रावलले कडा प्रतिबाद गर्नु भयो ।
अनि सरकारले आफुले भारत संग गरेको सहमति बाट पछि हट्नु परेको तितो सत्य नेपाली जनताका बिच घाम जस्तै छर्लङ्ग छ । युरोपका देशहरुमा हिंसा आतंकलाइ प्रोत्साहन गर्दै आएको संगठन युनिभर्सल पिस फेड्रेसनको आयोजनामा नेपालमा भएको एशिया प्यासिफिक समिटमा आफुलाइ सच्चा माता ठान्ने मुन पत्नी हाक जानले नेपाल र
नेपाली जनताका जनप्रतिनिधिलाई अपमान गरेर बितरण गरेको ज्याकेट हायत होटेलमा गरेको रात्रि भोजमा सेवन गराएको होलि वाइनको निकै चर्चा परिचर्चा भएको छ । यसका बारेमा नेता रावलले पार्टी भित्र र बाहिर निकै अडान राखेर नेपाली जनताको सच्चा प्रतिनिधिका हैसियतले आवाज बुलन्द गर्नु भयो अनि धर्मको प्रचार गर्ने मुनका नेपाली प्रतिनिधि र सहभागी नेतालाई लज्जाबोध भएको छ ।
नेपाल र नेपाली जनतालाइ अपमान गरेर गाली बेज्जत गर्ने अनि देशलाई बिभाजन गर्ने धम्की दिदै आएक डाक्टर चन्द्र प्रकाश रावत सरकार अनि राजनीतिक दलका केही नेताले रास्ट्रीय हिरोको सम्मान दिने कार्यले आम नेपाली जनता देशको अपमान भएको पुष्टि भए पछि त्यसको भीम रावलले निकै प्रतिबाद गर्नु भयो ।
भीम रावलले आफ्नो बिचार नेपाली जनताका बिचमा स्पष्ट राखे पछि देश द्रोही सि के रावतलाइ सम्मान गर्ने सरकार राजनीतिक दलका केही प्रतिनिधिहरुको अपरिपक्वताको आफ्नो तस्वीर देखिएको छ । पछिल्लो समयमा निकै चर्चा कमाएको छ
आइफा अवार्डले भारतीय सिने कलाकारलाई आमन्त्रण गरेर काठमाडौ महानगरपालिकाको ४४ करोड र बाकी नेपाल सरकारले खर्च गर्ने करिब १ अरब खर्च गरेर आयोजना गर्न खोज्ने सरकार काठमाडौ महानगरपालिका प्रमुखलाई अहिले पनि नेपाली जनताले सिटामोल नपाएर ज्यान गएको हेक्का राख्नु पर्छ ।
यसका बारेमा भीम रावलले आफ्नो बिचार नेपाली जनताका बिचमा राखे पछि केही आयोजकको सातो पुत्लो गएको छ । अहिले आइफा अवार्डको आयोजना गर्ने निर्णयबाट सरकारबाट पछि हटेको छ । समग्रमा नेपाली राजनीतिका नायक भीम रावलले एक पछि अर्को रास्ट्र रास्ट्रीयताको मुद्दामा जित हासिल गर्दै आउनु भएको छ ।
नेपाल र नेपाली जनतालाइ एक पछि अर्को गरि अपमान हुने गरि भएका हर्कत अनि भारतलाइ खुसी पार्ने कार्यको राज के छ ? आम नेपाली सचेत जनताले जान्न चाहेका छन ।
अस्तु