टि.आर.भण्डारी
नेपालको इतिहासलाई जोगाउनका लागि र हाम्रो पुर्खाले गरेको त्याग बलिदानीबाट स्वतन्त्र राष्ट्र स्वाभिमान जनता भन्ने कुरामा आज दिन प्रति दिन खतराका संकेतहरु देखा पर्दै आई रहेका छन । विश्वको एक सुन्दर मुलुक प्रति संसारका विकसित मुलुकहरुले आखा गाड्दै आईरहेको इतिहास पनि सबैका सामु ऐना जस्तै छर्लग छ ।

नेपाल दुई शक्ति राष्ट्रहरुको बिचमा रहेता पनि नेपालको स्वतन्त्रता, राष्ट्रियता र स्वाभिमान माथि खतरा आजै तिनै मित्र राष्ट्रबाट बढ्दै गईरहेको छ । उत्तर तिर गणतन्त्र चिन र दक्षिण तिर प्रजातान्त्रिक मुलुक भारत अवस्थित छन । नेपालका लागि यि दुई ओटै राष्ट्र मित्रवत छिमेकी हुन यसमा दुविधा नै छैन ।
छिमेकी भनेको जिउदाको जन्ती र मर्दाको मलामी हो भन्ने हाम्रो समाजमा प्रचलित उखान रहेको छ तर हाम्रा छिमेकी जति बेला समस्या भईरहेको छ । जति बेला अप्ठेरो पाई परेको छ त्यति बेला झन हलो दबाउने अनि गोरु कुट्ने अभियानमा लाग्छन र सबै भन्दा सत्रु को हो भन्दा घर परितिरको भन्ने उखान चरितार्थ देखिन्छ । विगत वर्षका केहि घटनाक्रमहरुले नेपालको राष्ट्रियता माथि देखिएका खतराहरु औल्याउने प्रयास गरेको छु ।
१) २०५२ साल फाल्गुन १ गते नेकपा माओबादीले युद्धको घोषण गर्यो । हरेक घरमा हरेक समाजमा र हरेक राष्ट्रमा केहि न केहि समस्याहरु देखा पर्दछ । नेपालको राजनितिमा पनि एक पक्ष तत्कालिन नेकपा माओकादी र सरकारका बिचमा केहि समस्या सृजना भयो र युद्धको सुरुवात गरे ।
त्यो युद्धमा तमाम नेपाली हरुले ज्यान गुमाउनु पर्यो धेरैको संख्यमा बालबालिकाहरु टुहुरा हुनु पर्यो र धेरै दिदि बहिनीका सिउदोका सिदुर पुछिए धेरै आमाका कोख रितिए जसले गर्दा नेपाल र नेपालीलाई ५० वर्ष पछाडी धकेलेको इतिहास जिवित छ ।
साढेको लडाई बाच्छाको मिचाई भने झै हाम्रा छिमेकीहरुले तत्कालिन बिद्रोही पक्षलाई थप जलमल दिई आफ्नो आणविक व्यापारको बृद्धि र विकासका लागि गृह युद्धको भुमरी फसाई दियो र जुन आज विकासको गति ति पुराना भत्काईएका संरचना निर्माणमा खर्चनु परेको छ ।
छिमेकीले चिताएको भलो भाई भाई लडे गवार लुटे प्रवृतिलाई ध्यान लियो र त्यो कुरा हाम्रा राजनीतिक दल र नेताहरुले बुझ्न सकेन । युद्ध गराई नेपाललाई सिक्कीमीकरण गर्ने मनसाय हाम्रो छिमेकीको थियो त्यो पुरा हुन सकेन जसले गर्दा आज हामी लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक भएर बाच्न पाएका छौ ।
२) २०६३ सालमा नेपाल शान्ति प्रक्रियामा अगाडी बढ्यो । नेपाली जनताले दिन प्रति दिन बम बमरुद गोला र बन्दुकका आबजहरु सुन्न नपर्ने गरी विस्तृत शान्ति सम्भौता भयो । राजतन्त्रका विरुद्धमा भएको विद्रोह शान्तिको यात्रामा ल्याए र आम नेपाली खुसी र उंमगले रमाए किन भने नेपालमा शान्ति हुने भयो, अब कुनै पनि नेपाली दाजुभाई दिदिवहिनीहरुले मर्नु पर्देन भने हर्षमा रमाए ।
यो युद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हाम्रो छिमेकीसँग केहि आन्तरिक सहमति का कारणले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको देखिन्छ । सहमति के रहेछ भन्दा नेपाली नागरिकता बाड्ने । दोस्रो जनआन्दोलनबाट राजा पछाडि हटे पछि बनेको गिरिजा प्रसाद कोइरालाको मन्त्रिपरिषदले दक्षिण सिमानामा नेपाली नागरिकता बाड्नु भयो
हाम्रा जाननितिक दलका नेता तथा सरकार त्यसमा चुक्नु भयो र नेपालको राष्ट्रियतालाई खतरामा पार्ने ठुलो खेल भयो जुन कुराले आज मधेशमा समस्या उत्पन्न भएको छ । सत्ता संचालनमा समस्या उत्पन्न भएको छ र हाम्रा नेताहरुले छिमेकीसँग दिर्घकालिन असरको कुनै प्रवाह नगरिकन सम्झौता गर्नु भयो हस्ताक्षण गर्नु भयो जसले गर्दा हाम्रो शान हाम्रो प्रतिष्ठा माथि आच ओने काम भयो ।
३) नेपाली जनताको लामो त्याग र बलिदानीबाट संविधान सभा मार्फत नेपाली जनताबाट निर्वाचित सदस्यहरुले २०७२ असोज ३ गते संविधान जारी गरे । नेपालको संविधान जारी गर्दा नेपाली जनताको आवश्यकता नेपालको सर्वाभौम सत्ता अनुसारको नभई संविधान निर्माण प्रक्रिया हाम्रा छिमेकीका अनुसार हुनु पर्ने भन्ने दवाव बारम्वार दिल्ली दरवार बाट आई रह्यो र पहिलो संविधान सभा भंग गराईयो ।
नेपालमा एक प्राकृतिक प्रकोप –भुकम्पले आक्रान्त भएका पिडित नागरिकहरुलाई हाम्रो छिमेकीले अघोषित नाका बन्दी लगाउनु भयो । अन्तर्राष्ट्रिय पारवाहन मान्यतालाई कुल्चिएर नेपाली जनताले पैसा तिरेर भए पनि उपभोग्यका सामानहरु किन्न पाएन र ग्यास लगायत पेट्रोलियम सामानहरुको हाहाकार मच्चायो । जसका कारण नेपाली जनताले सडकमा चुलो बनाए पैदल यात्रा गरे यसले पनि प्रष्टरुपमा नेपालको स्वाभिमान, स्वतन्त्रतामाथि ठाडो हस्तछेप भएको पुष्टि हुन्छ ।
४) पछिल्लो समयमा निकै चर्चामा रहेको आईफा अवार्ड जुन भारतिय निजी कम्पनिले भारतीय फिल्मका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेछ । जुन कार्यक्रम नेपाल सरकारले केहि नगद तथा केहि अन्य सहयोग गर्ने गरी निजी कम्पनिसँगको साझेदारी वा सम्झौता अनुसार अगाडी बढ्को एकाएक संचार माध्यमबाट सुनिन आयो ।
नेपाल सरकारले आफ्नो देशको कला साँस्कृतिको संरक्षणमा वृद्धि र विकासमा हाल सम्म न कुनै योजना बनाएको छ न कुनै बजेट बिनियमेजित गरेको पाईन्छ । नेपालका कलाकारहरुको रियलिटी सो नेपाल आईडलमा कुनै पनि लगानी र कुनै सहयोग भएको सुन्नमा आएको छैन ।
नेपाल आईडलको दोस्रो संस्करण सम्पन्न हुदा सम्म पनि न कुनै पनि सरकारमा बसेका व्याक्तिहरुले नाम लिएको सुनिन आएन र नेपाली जनताले सुन्न पाएनन भने नेपाल सरकारको अगुवाई मा काठमाण्डौ महानगरपालिकाकाले् करिव ४० करोड नगद दिने भन्ने समाचार सुन्दा अच्चमित भईयो र भारतिय कलाकारहरुको सम्मानमा नेपाल सरकार जुटेको देख्दा विर गोर्खाका हामी सन्तानले हिजोको इतिहासलाई हेर्ने हो
भने बम बारुद्ध तोप र बन्दुगका सामु ढाल तरवारले लडेर जोगाएको भुमि, संरक्षण गरेको हाम्रो अस्तित्व, स्वाभिमान र राष्ट्रियता कतै आज हाम्रा प्रतिनिधिहरुले एकै मिनेटमा समाप्त पार्ने त होइनन् भन्ने चिन्ता आम सचेत राष्ट्र भक्त नागरिकले सोचि रहेका छन ।
५) हरेक सरकारको कर्तव्य त्यस देशका नागरिकका आधारभुत आवश्यकताहरु पुरा गर्नु हो । हाम्रो संविधानले प्रदान गरेका नागरिकका अधिकारहरु जनताले प्राप्त गरेको अनुभूति गराउनु पनि हो । नागरिकका मौलिक हकहरुका विरुद्धमा जो बोल्छ जसले पुरा गर्न बाधा उत्पन्न गर्छ त्यसका विरुद्धमा राज्य वा सरकार नागरिकको अभिभावक बनेर लड्नु पर्ने हो ।
राष्ट्रलाई आत्म निर्भतामा अगाडी बढाउनुको सट्टामा सिमा पारीबाट आउने तरकारी र फलफुलहरुमा हुने हानीकारक बिषदी परिक्षणमा कुनै देशको कुनै प्रतिनिधिले पत्र लेख्दैमा विषदी परिक्षण नगर्नु भनेर सरकारको मन्त्रि स्तरमा निर्णय गर्नुले के देखिन्छ भने नेपाल भारतको उपनिवेश भएको देखिन्छ ।
मेरो देशका नागरिक स्वस्थ्य हुनु पर्छ हानीकारक बस्तुहरुको उपयोग नगरुन भन्ने सबै देशका सरकारको आवाज हुन्छ र गर्छन त्यो कुरा स्वभाविक हो हाम्रो देशबाट निर्यात हुने चियालाई तिन तहमा त्यसको परिक्षण गर्ने गर्दछन त्यसमा हामी र हाम्रो सरकारले होइन परिक्षण नगर भनेर भन्यौन ।
त्यो कुरा त्यस देशका नागरिकको उपयोग सम्बन्धिको अधिकार हो । अनि हाम्रो देशमा आयात हुने खाद्य तथा तरकारी र फलफुलमा हामी गुणस्तर मापन गर्छु भन्दा होइन तिमिहरुले गर्न पाउदैनौ भनेर भन्दा हाम्रो सरकार च्ईक पनि बोल्न नसकेर झन गुणस्तर परिक्षण नगर्ने भनेर निर्णय गर्छ यसले के साविक गर्छ भने हामी हाम्रो राष्ट्रियता खतरा परिसकेको छ यसलाई जोगाउनका लागि सर्घष गर्नु आजको आवश्यकता रहेको देखिन्छ ।
अन्तमा हाम्रो पुर्खाले जोगाएर राखेको अस्तित्वको रक्षा गर्न सक्दौनो भने नेपाल आमाले हामीलाई सरापी रहने छिन । हाम्रा नदीनालाहरु भु भागहरुको त रक्षा गर्न नसकिएको केहि इतिहास छ त केहि बर्तमानमा भई रहेको छन । हाम्रो स्वाभिमान, हाम्रो राष्ट्रियता, हाम्रो शान हामीले जोगाउन सकेनौ भने हाम्रो पछि आउने पुर्खाले नेपाल भन्ने एक देश थियो भनेर पढ्ने इतिहास बाहेक केहि रहने छैन ।
हाम्रा संसदहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट गयो कुन कर्मचारीलाई कहाँ सरुवा गर्ने, मन्त्रि कसरी बन्ने, प्रधानमन्त्री कसरी बन्ने भन्ने कुरालाई छोडेर हाम्रो इतिहास के थियो, हाम्रो स्वाभिमान कसरी जोगाउने, नागरिकले अधिकार प्राप्त गरेको प्रत्याभूति कसरी गर्न सकाउने, हाम्रो सिमाको रक्षा कसरी गर्ने हाम्रो प्राकृतिक सम्पदाहरुको संरक्षण र विकास कसरी गर्ने भन्ने तिर ध्यान जान जरुरी छ ।
आम नागरिकले पनि यो नेता मेरो पार्टीको नभनेर यो राष्ट्रको रक्षाका लागि हाम्रो स्वाभिमान जोगाई राख्नका लागि कसले काम गर्न सक्छ त्यसता व्याक्तिहरुलाई मात्रमा संसद भवनमा छिर्ने अवसर दिने सरकारका गलत कामको विरोध र राम्रा पक्षको वकालत गरी हरेक नागरिकको मौलिक हक र अधिकारको संरक्षणका लागि आफ्नो अधिकार प्राप्तिका लागि र अरुको अधिकार हनन् नहुने गरी एकताबद्ध भएर राष्ट्र र राष्ट्रियता जोगाउनका लागि बलिदानी दिन पनि तयार हुनु पर्ने आजको आवश्यकता देखिन्छ ।