माघ २६, अछाम
मेल्लेख गाउपालिकामा पालिका स्तरिय बाल अधिकार समिति गठन गरिएको छ ।
गाउपालिका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा तथा गाउपालिका अध्यक्ष लोक बहादुर बोहराको प्रमुख आथित्यमा भएको भेलाले उपाध्यक्षकै नेतृत्वमा २५ जनाको समिती गठन गरेको हो ।
स्थानीय स्तरका बालबालिकाहरुको अबस्था विश्लेषण गरि सवाल पहिचान गर्न उपाध्यक्ष शाहीको अध्यक्षतामा वडाअध्यक्ष, तथा बालबालिका क्षेत्रमा काम गर्ने सरोकारवाला सदस्य रहने गरि सारोकार वाल २५ सदस्यीय पालिका स्तरिय बाल अधिकार समिति गठन गरिएको हो ।
साथै भेलाबाटै बालबालिकाको तथ्यांक संकलन गरि रणनीतिक कार्ययोजना बनाई अघि बढन वडा नम्बर ५ का वडा अध्यक्ष रमेश बहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।
आस्था नेपालको आयोजना वल्र्ड भिजन इन्टरनेशनलको साझेदारी र मेल्लेख गाउपालिकाको समन्वयमा बालबालिकाका हक अधिकार प्राप्तिको लागि समिति गठन गरिएको हो ।
आस्था नेपालका कार्यक्रम अधिकृत भिम खत्री र फिल्ड संयोजक भवानसिंह सार्कीले कार्यक्रम र बाल अधिकार समिति गठनको उदेश्य सहीत औचित्यको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका, आस्था नेपालका हेम चन्द, वाक नेपालका सामाजिक परिचालक रमेश भुल, ८ वटै वडाका वडा अध्यक्षहरु, बिषय गत शाखा प्रमुख र बाल सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र बिकले गर्नु भएको थियो ।