अछाम १३ जेठ
भारतबाट नेपालको सुदूरपश्चिम क्षेत्रका बिभिन्न ठाउँमा सामाजिक क्रियाकलापहरुमा सुदूरपश्चिमेली नेपाली समाज सक्रिय छ । यसै सन्र्दभमा सुदूरपश्चिमेली नेपाली समाज भारत, महाराष्ट्र समीतीले डोटीको सायल गाउँपालिका ३ तोलेनाकी २६ वर्षिय पार्वति बिष्टलाई आर्थिक सहयोग गरेको छ ।

गर्भवती अवस्थामा २०७५ साल फागुन १ गते भिरबाट खसेर गम्भीर घाईते हुनु भएकी बिष्टलाई उपचार सहयोगका लागि थोरै भएपनि राहत स्वरुप सहयोग संकलन गरि पठाएको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय सदस्य पदम साउदले जानकारी दिनुभयो । घाईते बिष्टको कोहलपुर मेडिकल कलेज बाँकेमा समेत उपचार सम्भब नभएर शिक्षण अस्पताल काठमाण्ठौँ पठाईएको थियो ।
तर खर्च अभाबका कारण उपचार गर्न समस्या भएकाले उनका श्रीमान हरिपाल बिष्टले सबैसंग सहयोगका लागी समाजिक संजाल फेसबूक र अन्य माध्यम बाट अपील गरेको थाहा पाएपछि सुदूरपश्चिमेली नेपाली समाज महाँराष्ट्र समिति मार्फत प्रवासमा रहेका नेपाली दाजुभाईहरुले सक्दो सहयोग गरि एकमुष्ट रुपमा २१ हजार २ सय ८० रुपैयाँ प्रदान गरिएको केन्द्रिय सदस्य साउदले जानकारी दिनुभयो ।
समाजका केन्द्रिय प्रथम उपाध्यक्ष दिपक खड्का, केन्द्रिय सदस्य पदम साउद र बलबहादुर जयगडीको विशेष सक्रियतामा आर्थिक संकलन गरि उनका आफन्त तेजबहादुर डुम्रेल मार्फत पठाईएको बताईएको छ ।
सहयोग गर्नेहरुमा मुम्वईबाट बम खड्का, दिपक खड्का पदम बाग, सुरज प्रकाश ओझा, करन साउद, प्रेम खड्का, जितु साउद, जनक खड्का, मिना तामाङ्ग, रसिक बोगटी, शेर बलायर, बिष्णु साउद रहेका छन । यस्तै पुनाबाट बिष्णु जोशी, तपेन्द्र ताम्राकार, डिकेन्द्र खड्का, धर्मराज काफ्ले, रोहित भण्डारी, नरेन्द्र जयगडी, नरबहादुर टमट्टा, डम्बर राज नाथ, दिपक
रिमाकोटी, गगन जयगडी, रविन्द्र खड्का, दीपक परियार, लाल सिंह वि क, टेकेन्द्र शाह, पुरन सिंह, हिक्मत साउद, लोकेन्द्र थापा, संकर तिखात्री, नेत्र नेपाली, राम जि नेपाली, जनक सवाल, जग्दिश नाथ, जयसिंह आउजी रहनुभएको छ । यस्तै, मुकेश कवर, त्रिलोचन देवकोटा, अम्मर दमाई, पारस रावत, दानबहादुर जयगडी, इन्द्रबहादुर कडायत बलबहादुर जयगडी र पदम साउद रहनुभएको छ ।