कञ्चनपुरको एक निजी बोडिङ्ग स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गयराती मृत्यु भएको हो ।
मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए ।

उनका अनुसार डडेल्धुराको उप क्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतमा उपचारका लागि लगिएको थियो । विद्यार्थीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्कजाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो । विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्राको परिवारले बताएका थिए ।
कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार ९शुक्रबार० विद्यालयमै कुटपिट गरेको उनका बाबु बृस्पती कलौनीले बताएका थिए । मृतक कलौनीका बाबुले प्रअ यशोदा जोशी, शिक्षत्रय लक्ष्मण दत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको यस अघि नै आरोप लगाए ।