बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीय सर्वसाधारणले बर्दादेवी सप्लायर्स जयगढमा ताला लगाएका छन ।
बान्नीगढी जयगढ गाउँपालिका गाउँकार्यपालिकाले कमशल तथा गुणस्तरहिन मदिरा बेचबिखनमा रोक लगाउने निर्णय गरेको भएपनि गाउँपालिका अध्यक्ष खड्काले कमशल तथा गुणस्तरहिन मदिरा बिक्रि बितरण गर्दै आएको भन्दै स्थानिय तथा प्रहरीले बर्दादेवी सप्लायर्स जयगढमा ताला लगाएका हुन ।
बान्नीगढी जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको बैशाख २५ गते सम्पन्न भएको बैठकले गाउँपालिकामा बिक्रि बितरण हुदै आएको कमसल तथा गुणस्तरहिन मदिरा कर्णली,किसान,महाकाली लगायतका सौँफि तथा घरेलु मदिरा बिक्रि बितरणमा निषेध लगाउने निर्णय गरेको थियो ।

बैशाख २५ गतेको गाउँ कार्यपालिका बैठकले यस्ता कमसल खालका मदिरा बन्दको निर्णय गरेसँगै गाउँपालिकाले जयगढ प्रहरी चौकिलाई कमशल तथा गुणस्तरहिन मदिरा नियन्त्रण गर्न आग्रह गर्दै पत्राचार गरेको थियो । गाउँपालिकाले पत्राचार गरे सँगै जयगढ प्रहरी चौकिले सोमबारमात्रै बमशल खालको मदिरा बिक्रि गर्ने र मदिरा सेवन गर्ने २ जनालाई पक्राउ गरि कार्वाहि गरेको थियो ।
सर्वसाधारण तथा सोझासाझालाई पक्राउ गरि जयगढ प्रहरी चौकिले अन्यायपुर्ण ढँगबाट कार्वाहि गरेका भन्दै आक्रोशित बनेका स्थानीयले मँगलबार जयगढ प्रहरी चँौकि घेराउ गरेका थिए । सर्वसाधारणलाई दुःख दिने नियतका साथ २ जना सोझासाझालाई पक्राउ गरी अन्यायपुर्ण तरिकाबाट कार्वाहि गरेको भन्दै सयौँको सँख्यामा प्रहरी चौकि घेराउ गरेका स्थानियले कमशल तथा गुणस्तरहिन मदिराको थोक कारोवार गर्दै आएको गाउँपालिका अध्यक्ष खड्काको बर्दादेवी सप्लायर्समा छापा मार्नु पर्ने र अवैध मदिरा बरामद गर्नुपर्ने माग राख्दै स्थानिय समाजेसवी नवराज साउँद नेतृत्वको टोलीले मँगलबार साझ पर्दशन गरेका थिए ।
बाक्लो मात्रामा उपस्थित भएका स्थानियहरुले घण्टौँ जयगढ प्रहरी चौकि घेराउ गरेसँगै स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी ईनिस्पेक्टर जगत मगरको नेतृत्वमा आएको टोली र नवराज साउँद नेतृत्वको स्थानियटोलीबिच बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रमा सँचालमा रहेका मदिरा बितरण पसलमा कमशल तथा गुणस्तरहिन मदिराका लागी छापा मार्ने सम्झौता भएपछि स्थिति सामान्य बनेको थियो ।
यसै क्रममा कमशल तथा गुणस्तरहिन मदिरा किसानको बाक्लो कारोवार गर्दै आएको बर्दादेवी सप्लायर्समा छापा मार्न स्थानिय र प्रहरीको सँयुक्त टोली परिचालन हुदा सप्लायर्समा ताला लगाईएको पाईपछि राती मदिरा ओसारपसार हुन सक्ने भन्दै बर्दादेवी सप्लायर्समा स्थानिय र सर्वसाधारणले ताला लगाएका छन ।
साँझको समयमा बर्दादेवी सप्लायर्समा ताला लगाईएको भएपनि बुधवार बिहान सप्लायर्सले बिक्रि बितरण गर्दै आएको अवैध मदिरा नियन्त्रणमा लिनुपर्ने स्थानियले माग गरेका छन ।