काठमान्डौ , रामेछामा आज एक यात्रुवाहक बस दुर्घटना भयो । जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा बस दुर्घटना भएको हो । ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ५०६७ नम्बरको अरनिको यातायातको बस सैपुमा दुर्घटना हुँदा केहि यात्रु घाइते भए । गाडी चालकको सावधानीले करिब ३२ जना यात्रुको ज्यान बचेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतका अनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिका सैपुका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सुमित्रा पौडेल गम्भीर घाइते भएका छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्समार्फत धुलिखेल अस्पतालमा रिफर गरिएको छ । घाइतेकाे पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ ।बसमा सवार घाइते थरहरि पौडेलका अनुसार गाडीमा ३२ जना भन्दा बढी यात्रु हरु रहेका थिए । उनले भने,‘ड्राइभर हाम्रो लागि भगवान बनेर आए थोरै मात्र गाडी तल गएको भए हाम्रो एकै चिहान हुन्थ्यो ।’ चालको सावधानीले ठूलो दुर्घटनाबाट जोगिन सफल भएका छौ, ड्राइभरलाई धन्यवाद दिने कुनै शन्द नै छैन, पौडेले भने । उनका अनुसार दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको थियो ।

ठूलो क्षति हुनबाट जोगाउन चालकले भित्ताको नाली साइडमा गाडि मोडेर पल्टाएका थिए ।उकालोमा टाएर पन्चड भएपछि चालकले गाडी रोक्न खोजका थिए, त्यति नै बेला ब्रेकको पाइप फुटेछ, गाडी आरालो लाग्यो त्यसपछि बाचिन्छ जस्तो लागेको थिएन, पौडल ले भने,‘निकै सहासको साथ ड्राइभरले भित्तामा गाडी पल्टाए, थोरै मात्र तल गएको भए ज्यान बाँच्ने कुनै आशा नै थिएन ।’ गाडी चालक मन्थली नगरपालिका–७ का गोपाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घाइते हरुको उपचार भैरहेको छ ।