एकेन्द्र महता साउन ९ अछाम
बिपद ब्यावस्थापन क्षमता अभिबृद्दि परियोजना अन्तरगत समुदायमा आधारित बिपद जोखिम ब्यावस्थापन सम्बन्धि पाँच दिने तालिम मंगलसेनमा सम्पन्न भएको छ ।

वर्ल्ड भिजन इन्टरनेस्नल, गैरसरकारी सस्था महासघ अछामको समन्वय र आस्था नेपालको आयोजनामा भएको तालिममा बिपद ब्यवस्थापन,जलबायु परिवर्तन, जलबायु परिवर्तनका कारण, प्रकार, प्रभाव, प्राकृतिक प्रकोप लगाएतको बारेमा जानकारी गराइएको थियो ।
मातृका प्रसाद भण्डारीको अध्यक्षतामा भएको तालिम समापनमा वर्ल्ड भिजनका सुरज शर्मा, गैरसरकारी सस्था महासघका जिल्ला अध्यक्ष टंक प्रसाद ढुंगाना, केशब पोख्रेल, तालिमका सहभागी लागएतको सहभागीता रहेको थियो ।
तालिम सहभागीको तर्फबाट पुष्प कठायत र अस्मिता कुवरले मन्तव्य राख्नु भएको थियो । तालिम समापन कार्यक्रमको संचालन आस्था नेपालका रुपक चन्दले गर्नु भएको थियो ।