शंकर थापा, अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकाले हाईटेक टनेल निर्माणका लागि अनुदान दिने भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका कृषि विकास शाखाको आर्थीक बर्ष २०७८/०७९ को बार्षिक स्वीकृत कृषि बिकास कार्यक्रम अन्तर्गत ८५% लागत साझेदारीमा हाईटेक टनेल निर्माणको लागि सहयोग गर्ने भएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक प्रसाद रेग्मीद्वारा हस्ताक्षरित सुचनामा ईच्छुक व्यावसायिक फार्म दर्ता गरेका कृषकहरुलाई प्रकाशित भएको असार ७ गते भित्र तोकिएको ढांचा अनुसारको आबेदन फारम भरी निवेदन बुझाउनु आग्रह समेत गरिएको छ ।
पालिका अन्तगतका वडाहरुमा ४ वटा हाईटेक टनेल निर्माण गरिने उल्लेख छ भने तिन लाख मात्र ३ लाख अनुदानको लागि रकम छुट्याइएको छ । यस्तै हाईटेक टनेल निर्माणमा किसानको त्रिपन्न हजार र जनश्रम दान गर्नुपर्ने उल्लेख छ ।
साथै फारम दर्ता गर्दा १० को हुलाक टिकट टाँस गरि कार्यालयले तयार पारेको आवेदन फारम, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, व्यावसायिक फार्म दर्ता तथा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि र १ बर्षको कार्य अनुभव ४. सम्बधित वडा कार्यालयको सिफारिस पत्र र तरकारी खेति प्रविधि सम्बन्धि (तालिम, शैक्षिक योग्यता, अनुभव आदि) को प्रमाण पत्रका प्रतिलिपिहरू समावेश गर्नु पर्ने बताईएको छ ।