अछाम : मंगलसेन नगरपालिका वडा नम्बर ८ र १० का विभिन्न योजनाको अनुगमन गरिएको छ ।
प्रधानमन्त्री रोजगार अन्तर्गत सम्पन्न भएका योजनाको नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक संगिता रावल सोडारीको नेतृत्वमा गएको टोलिले अनुगमन गरेको हो ।

वडा तहमा भएका कामको आगामी दिनमा दिगोपनाका लागि सबैले ध्यान दिनुपर्ने अनुगमन टोलिले सुझाव दिएको छ ।
अनुगमनमा नगर उपप्रमुख रावल सहित वडा नम्बर ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा, १० का अध्यक्ष जनक कुवर, सुचना प्रविधि अधिकृत पौरख कुमार बोगटी, रोजगार संयोजक कृष्ण सोडारी, प्राविधिक मुकेश बोहरा, पत्रकार कमल रावलको सहभागीता रहेको थियो ।


