चौरपाटी गाउँ पालिका वडा नम्बर ५ लुग्रालाइ अनिवार्य तथा आधारभुत शिक्षा घोषणा कार्यक्रम सम्पन्न भएको छ । घोषणा कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले आधारभुत तहको शिक्षा सबै बालबालिकाले सहजै पाउने बाताबरणको सृजना गाउँ पालिकाले गरिरहेको बताउनु भयो ।
चौरपाटि गाउँ पालिका भित्र रहेका अधारभुत तह अध्यन गर्ने बालबालिका अनिवार्यरूपमा शिक्षामा पहुँच पुर्याउने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।

घोषणा कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले शुभकामना दिनु भएको थियोे भने अनिवार्य तथा आधारभूत शिक्षाको घोषणाको उदेश्यका बारेमा चौरपाटि गाउँ पालिकाका शिक्षा शाखा प्रमुख तक्ष बहादुर शाहले जानकारी गरौनु भएको थियोे ।
चौरपाटी नेकपाका दलबहादुर खड्का नेपाली काग्रेशका जगतबहादुर खड्काले शुभकामना दिनु भएको थियोे ।
गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा भएको घोषणा सभामा दया पिपलतोला मा बि का प्रधानाध्यापक प्रेमबहादुर खडकाले बोल्नु भएको सभाको संचालन सत्य खड्का र स्वागत वडा सदस्य देउमल खड्काले गर्नु भएको थियोे ।