संयुक्त विद्यार्थी आन्दोलन समन्वय समितिका केन्द्रिय संयोजक एबम तत्कालीन अखिल( क्रान्तिकारी ) केन्द्रिय सचिब मदन भुल ले संविधान बिपरित रहेको लोकसेवाको बिज्ञापन अबिलम्ब खारेज गरि पुनः बिज्ञापन सच्याएर समयमै लोकसेवाको परिक्षा हुनु पर्ने बताउनु भयो।
शासन ब्याक्तिको होइन, बिधिको हुनु पर्छ, भन्दै गत जेष्ठ १५ मा स्थानीय तहाका कर्मचारीहरुको लागि लोकसेवाले गरेको बिज्ञापन नेपालको संविधानको मुल मर्म र भाब बिपरित रहेको भन्दै निन्दनीय एबम घोर भत्सर्ना योग्य रहेको भन्दै यो संविधान बिपरितको बिज्ञापनलाई कुनै पनि हालतमा मान्न नसकिने बताउदै संविधान भन्दा माथि रहेर काम गर्ने अधिकार नत लोकसेवा आयोगका अध्यक्ष वा कुनै पदाधिकारी लाई रहेको र नत मन्त्री लाइ नै हुन्छ भन्दै बिज्ञापन अबिलम्ब सच्याउनको विकल्प नरहेको बताउदै परिक्षा नै रद्ध नहुने गरि यो कदम खारेज गरि तुरुन्त बिज्ञापन सच्याएर समयमै लोकसेवाको परिक्षा हुनु पर्ने बताउनु भयो।

विद्यार्थीहरु लामो समयदेखि विभिन्न हिसाबले तयारीमा रहेको बताउदै, संविधान भित्रै रहेर काम गर्ने अधिकार राज्यका सबै निकायको कर्तव्य रहेको बताउदै यो समाबेशिको सवाल कुनै महिला, दलित ,आदिबासि,मधेसी , मुस्लिम, थारु, अपांग पिछडिएको क्षेत्रको मात्र सवाल नभै, राज्यको नै सरोकारको बिषय भएको बताउदै सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा संविधान भित्र रहेर काम गरे मात्र पूरा हुन सक्ने बताउनु भयो।
लोकसेवाको तयारीमा रहेका लगायत सम्पुर्ण विद्यार्थीहरु लाई संविधान बाहिर जाने छुट कसैलाई छैन भन्दै यो संविधान बिपरितको बिज्ञापन लाई खारेज गरि नया बिज्ञापन तुरुन्त सच्याएर अहिले राजस्व तिरिसकेका सम्पुर्ण विद्यार्थीले पुनः नतिर्ने गरि संविधानले ब्याबस्था गरे बमोजिम समाबेशिको मुल मर्म र भाबलाइ ध्यानमा राखी लोकसेवाको परिक्षा लिनु पर्छ
भनी दबाब सिर्जना गर्न सम्पुर्ण विद्यार्थी लाई अपिल गर्दै आयोगका अध्यक्ष एबम सामान्य प्रसासन मन्त्री ज्यु ले पनि संविधानको मुल मर्म र भाब बिपरितको यो बिज्ञापनको पक्षमा अभिव्यक्ति दिनु देशमा द्वन्द्व सिर्जना गर्ने कार्य भएको बताउदै नेपालको संविधानको ब्याबस्थामा भएको समाबेसि समानुपातिक ब्याबस्था लाई मनपरि हटाउने छुट कसैलाई छैन भन्दै, इतिहासमा संविधान र विधि बाहिर जादा आउने परिणामको बारेमा जानकारी गराउदै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत कडा चेतावनी दिनु भएको छ।