यो वर्षको मनसुन १० दिन ढिलो गरी बिहीबार मात्रै नेपाल भित्रिएको हो । पूर्वबाट बगेको जलवाष्पसहितको हावा पश्चिम पुगेपछि मात्र देशैभर मनसुन सक्रिय हुनेछ । नेपालमा मनसुनी वायु प्रवेश गरे पनि निरन्तर पानी पार्ने प्रणाली भने अहिले सक्रिय छैन ।
अबको दुई दिन पूर्वमा बढी र मध्य तथा पश्चिममा कम पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । यतिबेला मध्य र पश्चिम क्षेत्रमा वर्षा भैरहेको छ । शुक्रबार बेलुकीपख पनि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । देशको पूर्वी तथा मध्यभागमा बदली रहने र पश्चिमी भागमा आशिंकदेखि सामान्य बदली हुनसक्ने उनले बताए ।
